आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

यी युवकले ८० सेन्टिमिटर लामो बेलुन कानले फुलाए ! [भिडियो] 

दक्षिणी भारतको एल्लारेड्डी, निजामाबाद स्थायी घर भएका ३२ वर्षीय चन्द पासा नाम गरेका ती युवकले गत हप्ता ३ मिनेटमा ८० सेन्टिमिटर लामो बेलुन कानले फुलाएका हुन् ।

 

भारत । एकजना दक्षिणी भारतीय युवकले ८० सेन्टिमिटर लामो बेलुन कानले फुलाएका छन् ।

दक्षिणी भारतको एल्लारेड्डी, निजामाबाद स्थायी घर भएका ३२ वर्षीय चन्द पासा नाम गरेका ती युवकले गत हप्ता ३ मिनेटमा ८० सेन्टिमिटर लामो बेलुन कानले फुलाएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पासाको कानमा बाल्यवस्थादेखि नै समस्या थियो । उनल भने, ‘पौडी खेल्न जाँदा कानमा पानी पसेर हैरान भयो । त्यसपछि मैले कानबाटै पानी बाहिर निकाल्न सक्ने थाहा पाँए । त्यसपछि उनले असामान्य प्रतिभा पत्ता लगाए र पौडी खेल्न छोडेर कानबाटै श्वास लिने र बेलुन फुलाउने अभ्याश निरन्तर गरिरहे । 

अहिले उनले कानबाट बेलुन फुलाएको भिडियो सामाजिक सञ्जालजमा भाइरल छ । उनले बेलुन फुलाउँदा हातले नाक र मुख बन्द गरेका छन् ।

भिडियो हेर्नुस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा