ध्वस्त हुँदै 'टाइटानिक'को भग्नावशेष [भिडियो]
पाँचपटकसम्म समुद्रभित्र पुगेर गरेको सर्वेक्षणपछि उनीहरूले समुद्रमा डुबेको यो पानीजहाजको भग्नावशेषको केही भाग पूर्ण ध्वस्त हुँदै गएको पाए ।

बीबीसी । समुद्रको पीँधको अध्ययन गरिरहेको एउटा अन्तर्राष्ट्रिय समूहले टाइटानिकको सर्वेक्षण गरेका छन्।
पाँचपटकसम्म समुद्रभित्र पुगेर गरेको सर्वेक्षणपछि उनीहरूले समुद्रमा डुबेको यो पानीजहाजको भग्नावशेषको केही भाग पूर्ण ध्वस्त हुँदै गएको पाए ।
जहाजको कुनै भाग आश्चर्यजनक रूपमा राम्रो अवस्थामा रहेको पाइए पनि कैयौँ अन्य भागहरू - जस्तो कि कप्तानको बाथटब - भने समूद्रमा बिलिन हुन पुगेको पाइयो ।
उक्त बाथटब टाइटानिक प्रेमीहरूका लागि भग्नावशेषको एउटा लोकप्रिय छविका रूपमा रहँदै आएको थियो ।