आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

फिफा विश्वकप छनोट:  आज नेपालले कुवेतविरुद्ध भिड्दै 

नेपालले यसअघि २०१४ को संस्करणमा भने नेपालले पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो ।
किरण चेम्जोङ्गको कप्तानीमा कुवेतको सामना गर्ने नँया टोली। फोटो: अखिल नेपाल फूटबल संघ नेपाल । फेसबुक


 

काठमाडौँ। सन् २०२२ मा कतारले आयोजना गर्ने फुटबल विश्वकपको दोस्रो चरणको एसिया छनोट अन्तर्गत आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो एसियाली टोली कुवेतको सामना गर्दैछ।

नेपालले आज कुवेतसँग उसको घरेलु मैदान जबरअल अहमद स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले ४ अप्रिल २०१९ मा जारी गरेको वरियतामा नेपाली पुरुष फुटबल टिम १६१ औं स्थानमा रहेर एसियाली वरियतामा ३४ औं स्थानमा पर्न सफल भएको थियो ।

 

नेपालले यसअघि २०१४ को संस्करणमा भने नेपालले पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो । समूह 'बी' मा रहेको नेपालसहित कुवेत, अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेई रहेका छन् ।

खेल नेपाली समय अनुसार राती १०ः४५ बजे सुरु हुनेछ। पहिलो खेल  होम' मै खेल्ने गरि तालिका प्रकाशित भए पनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले पहिलो खेल 'अवे' खेल्न लागेको हो । 

 

गोलकिपर किरण चेम्जोङ्गको कप्तानीमा रहेको नेपाली टोली कुवेतसँगको पछिल्लो दुई मैत्रिपूर्ण खेलको अनुभवले आत्मविश्वासले पूर्ण छ। हालसम्मको आँकडा हेर्ने हो भने पनि कुवेत नेपाल भन्दा बलियो छ। नेपाल र कुवेतले हालसम्म ६ खले खेलेको छ । नेपालले ६ खेल मध्येबाट एक खेलमा पनि जित हाँसिल गर्न नसकेको छैन।  एक खेल बराबरी खेलेको छ।

फोटो: एन्फा नेपाल 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा