फिफा विश्वकप छनोट: कुवेतसँग नेपालको लज्जास्पद हार

कुवेतविरुद्ध हिजो (बिहीबार) राति भएको खेलमा नेपालले ७-० को लज्जास्पद हार व्यहोरेको छ।

 

काठमाडौँ। सन् २०२२ मा कतारले आयोजना गर्ने फुटबल विश्वकपको दोस्रो चरणको एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध हिजो (बिहीबार) राति भएको खेलमा नेपालले ७-० को लज्जास्पद हार व्यहोरेको छ।

बलियो टोली कुवेतले खेलको सुरुवाती मिनेटदेखि नै एकतर्फी आक्रामक गर्दै छैटौं मिनेटमा नै  अग्रता बनायो। त्यस्तै  १४ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता लियो।

 

कुवेतको घरेलु मैदान जविर अल अहमेद इन्टरनेशनल मैदानमा भएको खेलको दोस्रो हाफमा पाँच गोल गर्दै ७-० विशाल अन्तरको जित दर्ता गर्यो। उसलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी  र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।


एकतर्फी खेलमा कुवेतले खेलको ५१ औं मिनेटमा तेस्रो गोल गर्दै ३-० को अग्रता लियो । त्यसको ५९ औं मिनेटमा नेपालले अर्को गोल खाँदै ४-० पछाडि पर्यो ।

 

खेलेको ६८ औं मिनेटमा कप्तान बादर अल मुत्वाले कुवेतलाई ५-० को अग्रता दिलाए । त्यसपछि कुवेतले इन्ज्युरी समयमा थप दुई गोल गर्दै ७-० को प्रभावशाली जित हासिल गर्यो ।

 

नेपालविरुद्दको जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि यसै समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । 

 

फोटो: कुवेत फुटबल एसोसियसन 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा