आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

फ्रान्समा भालेले मुद्धा जित्यो, एक लाख क्षतिपूर्ति दिन आदेश

यो मुद्धाबारे फ्रान्समा मात्र नभई संसारभरि चर्चा भएको थियो। झन्डै एक लाख ४० हजारले त मौरिस नामक भाले अङ्कित टि-शर्टमा 'लेट मि सिङ्ग' नारासहितको 'सेभ मौरिस' पिटिसन नै चलाए।  
मौरिस नामका भाले र मालिक करिन फेसेउ। फोटो: एएफपी

 

एजेन्सी। फ्रान्सको एक अदालतमा मौरिस नामक भालेविरुद्ध परेको मुद्धामा अदालतले भालेको पक्षमा अन्तिम फैसला गरेको छ।

अदालतले चराहरु (चरचुरुङ्गि) ले निर्वाध बास्न पाउने अधिकार हुने भन्दै भालेको पक्षमा अदालतले निर्णय गरेको हो ।  

धेरै बासेर होहल्ला गरेको भन्दै स्थानीय एक दम्पतीले फ्रान्सको रोचेफर्टस्थित एक अदालतमा मुद्धा हालेका थिए । 

'अदालतले  मौरिसको पक्षमा फैसला गरेको छ, अब वादीले भालेको मालिकलाई एक हजार युरो (नेपाली एक लाख २७ हजार) क्षतिपूर्ति स्वरुप तिर्नु पर्ने अदालतले आदेश दिएको छ' भालेको पक्षबाट वकालत गर्ने वकिलले एएफपीलाई बताए। 

भालेको पक्षमा अदालतले निर्णय गरेपछि भालेका मालिक करिन फेसेउले भने, 'यो फैसला नजिरको रुपमा स्थापित भएर सबै चराचुरुङ्गिहरुले निर्वात बास्न र कराउन पाउने मेरो विश्वास छ।' 

 

 

अदालतले आफ्नो पहिलो फैसलामा भने भाले धनीलाई चार हजार युरो (करिब पाँच लाख  नेपाली रुपैयाँ) जरिवाना समेत तोकेको थियो । तर, भाले धनीले यसमा आपत्ति जनाउँदै सोहि दिन अर्को अदालतमा अपिल दर्ता गराएका थिए।

यदि अदालतले पहिलेकै फैसला सदर गरिदिएको भए  भाले मालिक करिन फेसेउले १५ दिन भित्रमा त्यो ठाउँ छाड्नु पर्ने थियो वा भालेलाई जसरी पनि शान्त बनाउनु पर्ने थियो । अन्यथा, अदालतकाे फैसलाअनुसार उनले ठुलो आर्थिक जरिवाना तिर्नु पर्ने एएफपीले उल्लेख गरेकाे थियो।

यो मुद्धाबारे फ्रान्समा मात्र नभई संसारभरि चर्चा भएको थियो। झन्डै एक लाख ४० हजारले त मौरिस नामक भाले अङ्कित टि-शर्टमा 'लेट मि सिङ्ग' नारासहितको 'सेभ मौरिस' पिटिसन नै चलाए।  

 

त्यो मुद्धालाई फ्रान्सको पवित्र ग्रामीण सम्पदाबिरूद्ध शहरियाहरुको व्यापक धम्कीको हिस्साको भएको ग्रामिण बासिन्दाको आरोप थियो। शहरका बासिन्दाहरूले देशको जीवनको वास्तविकता बुझ्न नसकेको आलोचकहरूले टिप्पणी गरेका थिए । उनीहरुले फ्रान्सको ग्रामीण इलाकाको स्थापित प्राकृतिक र परम्परागत ध्वनिमाथि शहरीहरूले आक्रमण गरेको भन्दै ठुलो विरोध र आलोचना गरेकाथिए।  

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा