नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित, सेमिफाइनल प्रवेश कठिन

नेपालका लागि रासिद खानले दुई विकेट लिए। त्यस्तै सागर ढकाल, कमल सिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।
फोटो : एसिसी

 

काठमाडौँ। श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ।  

पहिले ब्याटिंग गरेको नेपालले श्रीलंकालाई १५९ रनको मध्यम  लक्ष्य दिएको थियो।  उक्त लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालले १५९ रन बनाए पनि 'डक लुइस मेथड' अनुसार ओभर घटाएकोले श्रीलंकाले १५९ रनकै लक्ष्य पाएको हो। 

यो पराजयसँगै नेपालको सेमिफाइनल प्रवेश कठिन बनेको छ। नेपाल रहेकै समुह 'बि' मा भएको अर्को टेस्ट खेल्ने राष्ट्र बंगलादेशसँगै युएई समेत छ। बलियो टोली बंगलादेशले युएई विरुद्द जित अङ्क तालिकामा  अग्र स्थान कब्जा गरिसकेका छ। अबको बाँकि दुवै खेल नजिते सेमिफ़ाइनलमा प्रवेश गर्ने सम्भावना न्यून छ। 

नेपालका लागि रासिद खानले दुई विकेट लिए। त्यस्तै सागर ढकाल, कमल सिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।

नेपालले ४२ ओभरमा छोट्याईएको खेलमा पुरै ओभर खेलेरे ९ विकेट गुमाउँदै १५९ रन बनाएर उक्त चुनौती पेश गरेको हो।

नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए ।

नेपालले सुरुवात खराब गरे पनि रित गौतम र कप्तान रोहित कुमार पौडेलको संयमित ब्याटिंग प्रदर्शन गरेपछि नेपालको इनिङ्ग्स सम्हालिएको थियो।  

 

खेलको ९ ओभर चलिरहँदा वर्षा हुन थालेपछि खेल रोकिएको थियो। खेल रोकिँदासम्म नेपालले दुई विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको थियो। 

श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन-तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक-एक विकेट झारे । 

 

 

सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन आजको खेलमा श्रीलंकालाई पराजित गर्ने लक्ष्यका साथ टिम मैदानमा उत्रिएको छ ।

यसअघि सन् २०१६ मा श्रीलंकामै भएको यू–१९ एसिया कपमा श्रीलंकासँग ब्यहोरेको एक रनको झिनो हारको बदला लिने दाउमा नेपाली टिम छ ।

 

नेपालको प्लेयिङ्ग एलेभेन: रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन सर्राफ, सहिद खान, सुर्य तामाङ्ग, हरि बहादुर चौहान

समूह ‘बी’मा रहेको नेपाल आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । 

 

फोटो : एसिसी 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा