शुक्रबार, २९ कार्तिक, २०७६ Friday, 15 November, 2019

‘टान जर्नालिज्म अवार्ड’द्वारा चार जना पत्रकार सम्मानित

उनीहरु चारैजनालाई नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले उक्त अवार्ड प्रदान गरेका हुन् । 
फाेटाे : सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएकाे ।

 

काठमाडौं । पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै टानले ‘टान जर्नालिज्म अवार्ड’द्वारा चार जना पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा  राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता सिवी अधिकारी, अनलाइन खबरका अच्युत पुरी, दी हिमालयन टाइम्सका अर्पना आले र पत्रकार तथा सगरमाथा आरोही कल्पना महर्जन रहेका छन् ।

उनीहरु चारैजनालाई नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले उक्त अवार्ड प्रदान गरेका हुन् । 

टानले यसै वर्षदेखि सुरु गरेको ‘स्व रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ बाट सगरमाथाको २४ पटक आरोहण गर्नुहुने कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गरिएको छ ।

त्यसैगरी गाउँ पर्यटन प्रवर्द्धनमा योगदान गर्ने प्रा डा प्रेम शर्मालाई डा हर्क गुरुङ पुरस्कार तथा आरोही माया शेर्पालाई सम्मान गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा