बंगलादेशसँगको सम्मानजनक हारसँगै नेपाल एसिया कपबाट बाहिरियो

टेस्ट खेल्ने राष्ट्रको यु-१९ विरुद्व नेपाली युवा टोलीले निक्कै कडा चुनौती पेश गरेको थियो।
फोटो: एसिसी

 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको ‘गर वा मर’ खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। 

टेस्ट खेल्ने राष्ट्रको यु-१९ विरुद्व नेपाली युवा टोलीले निक्कै कडा चुनौती पेश गरेको थियो। बंगलादेशले जितको लागि अन्तिम ओभरको दोस्रो बलसम्म धर्य गर्नु परेको थियो। यो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। अब नेपालले समुह चरणको अन्तिम खेल युएई विरुद्व खेलेर प्रतियोगिता टुङ्ग्याउने छ। नेपाल रहेको समुह 'बी' बाट बंगलादेशसँगै श्रीलंका दुई-दुई खेलबाट समान ४ अङ्क सहित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

टस हारेर पहिले ब्याटिङको निम्तोको पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको उत्कृष्ट पारी खेले । उनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै अर्का ब्याट्सम्यान सन्दीप जोराले विस्फोटक ब्याटिंग गर्दै ३७ बलमा समान ३ चौका र छक्का सहित ५६ रनको आक्रमक इनिङ खेले । भिम सार्की २१ रनमा आउट भए । पहिलो विकेटका रुपमा १४ औं ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

आशिफ शेख १२ बल खेलेर ३ रन जोड्दै क्याच आउट भए । कुशल मल्लले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १४ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।

 

 

नेपालका लागि कमलसिंह ऐरीले दुई लिए भने रासिद खान, हरिबहादुर चौहानको नाममा एक/एक विकेट रह्यो।

जवाफी ब्याटिंगमा उत्रेको बंगलादेशी टोलीको सुरुवात धर्मराए पनि मध्यक्रम जमेपछि नेपाललाई हराउन सफल भयो। उसको लागि अक्बर अलिले अविजित ९८ रनको विशाल पारी खेले। त्यस्तै तौहिद रिदयाले ६० रन यो योगदान दिए। महमुदुल हसन जोयले ४० रन जोडेका थिए। समिम हसन ४२ रनमा अविजित रहे। 

 

 

 

बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी, रकीबुल हसन, शामिम हसन र तोहीद हृदोय सबैले १ विकेट लिए।

 

 


 

नेपाली टोली :

नेपाली टाेलीमा रोहितकुमार पौडेल(कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भिम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सगर ढकाल, खडक बहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम र प्रतिस जि.सी. रहेका छन् ।

फोटो: एसिसी 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा