शुक्रबार, २९ कार्तिक, २०७६ Friday, 15 November, 2019

युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् ।
फोटो : सिन्ह्वा/लिउ जाय

 

न्यूयोर्क । क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् ।

बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।

सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । 

क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । 

सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छन् । 

खेलमा पराजित भएपछि बोल्दै सेरेनाले म रेकर्ड बनाउनकै लागि खेलिरहेकी छैन भन्नुभयो । उहाँले भन्नुभयो – आजको खेलमा मैले राम्रो खेल्न सकिनँ । मैले अझ राम्रो खेल्न सक्थें । 

विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताएन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा