आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

ट्विटरमा नाङ्गो तस्बिर रोक्ने प्रविधि परीक्षण हुँदै

एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ ।
सांकेतिक फायल फाेटाे : वेब

क्रिस फक्स
प्रविधि सम्वाददाता (बीबीसी), 

ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका लिङ्गको तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सियाटलमा विकास भइरहेको छ ।

एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ ।

उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन् । उनी भन्छिन्: "जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइज्जत गरिएको महसुस हुन्छ।"

"यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।"यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई विज्ञानलाई सहयोग गर्न नाङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए।

सो इमेल धेरै तस्बिरहरू प्राप्त भएको कारण बन्द गर्नु परेको बताइएको छ।

सुरुवाती परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन।  तर, ब्रेस्लर भन्छिन्- यो सफ्टवेअर ठूलो सफलता हो र यसले धेरै नाङ्गो तस्बिरहरू पत्ता लगाएको छ।"यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्वीटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।"

ब्रेस्लर भन्छिन्: "यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन् ।"

ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई समेत दिनसक्ने बताएकी छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा