आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

विजयादशमीको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।
फायल फोटो : वेव

 

काठमाडौं। हिन्दुहरुको महान् चाड विजयादशमीको टीकाको उत्तम साइत बिहानको १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 

तर दशैंको टीका त्यो दिनभरी नै लगाउन सकिने समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिको अनुसार साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि भने दशैंको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा