आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

सावित्रा भण्डारीको निर्णायक गोलले नेपाल नादेज्दा कपको फाइनलमा

नेपालका लागि खेलको ८५ औं मिनेटमा सावित्रा भण्डारी निर्णायक गोल गर्दै नेपाल नेपाललाई फाइनलको यात्रा तय गरिन् ।
फायल फोटो । वेव

 

काठमाडौँ। नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कप को फाइनलमा  पुगेको छ । आज ताजकिस्तानलाई १–० ले हराउँदै ४ राष्ट्र सहभागी प्रतियोगिताको अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ। 

नेपालका लागि खेलको ८५ औं मिनेटमा सावित्रा भण्डारी निर्णायक गोल गर्दै नेपाल नेपाललाई फाइनलको यात्रा तय गरिन्। उनले गिता रानाको लामो फ्रिकिकलाई भण्डारीले हेडमार्फत गोलको दिशा थिइन । 

 

फोटो: एन्फा 

 

प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा ४ गोल गरेकी थिइन् । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगिताको अन्तिम खेलमा आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुनेछ । 

पहिलो आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै शानदार सुरुवात गरेको थियो । तर दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा