आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

विश्वकप छनोटमा नेपालको उत्कृष्ट 'कमब्याक' चाइनिज ताइपेलाई २-० ले हरायो

नेपालको जितमा अन्जन विष्टले खेलको पहिलो हाफको तेस्रो र दोस्रो हाफको  ६२ औं मिनेटमा गरि दुई गोल गरे। 
फोटो : राष्ट्रिय खेलकुद पत्रकार फोरम

 

काठमाडौँ। सन् २०२२ मा कतारले आयोजना गर्ने फुटबल विश्वकपको दोस्रो चरणको एसिया छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेलाई २-० पराजित गरेको छ।

नेपालको जितमा अन्जन विष्टले खेलको पहिलो हाफको तेस्रो र दोस्रो हाफको  ६२ औं मिनेटमा गरि दुई गोल गरे। आज पहिलो रोजाईको रुपमा मौका पाएका अन्जन विष्टले आफुलाई प्रमाणित समेत गरेका छन्। 

फोटो : राष्ट्रिय खेलकुद पत्रकार फोरम 

 

पहिलो गोल अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । दोस्रो गोल भने काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड मार्फत दिएको बललाई गोलको दिशा दिए। 

नेपालका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको पहिलो खेलबाट तीन खेलाडी परिवर्तन छन्। प्रशिक्षक कालिनले अन्जन विष्ट, दिनेश राजवंशी र रजिन धिमाललाइ पहिलो रोजाईको रुपमा खेल्ने मौका दिएका छन् ।

दोस्रो चरणको पहिलो खेलमा कुवेत विरुद्व ७–० को लज्जास्पदक हार बेहोरेको नेपालले आज भने बलियो सुरुवात गरेको छ । आजको जितसँगै नेपाल अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । 

 

फोटो : राष्ट्रिय खेलकुद पत्रकार फोरम 

 

नेपाली टोली:  किरण चेम्जोङ (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा