मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

लामखुट्टेको आवाज उनीहरूका लागि प्रेमगीत हो : अध्ययन [भिडियो]

वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ तथ्य अनुसार लामखुट्टेले आफ्नो आवाजमार्फत जोडी खोज्न र प्रजनन गर्न सहयोग गर्दछ ।

 

बीबीसी । लामखुट्टेले फैलाउने रोगले बर्षेनि लाखौँ मानिसहरूको ज्यान जाने गरेको छ । तर, लामखुट्टेले निकाल्ने आवाज उनीहरूका लागि प्रेमगीत हो ।

अहिले उनीहरूको प्रेमजीवन भङ्ग गरेर मलेरिया उन्मूलन गर्ने प्रयास गर्दैछन् । तर, वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ तथ्य अनुसार लामखुट्टेले आफ्नो आवाजमार्फत जोडी खोज्न र प्रजनन गर्न सहयोग गर्दछ ।

मानिसलाई टोकेर रोग फैलाउने कार्यबाट मानिसलामखुट्टेलाई अत्यन्तै घातक जीव मानिन्छ । लामखुट्टेकै कारण संसारभर हजारौँ मानिसहरुले ज्यान गुमाइरहेका छन् ।

लामखुट्टेले निकाल्ने आवाज उनीहरुको पखेटाबाट निस्कने गर्दछ । वैज्ञानिकहरुका अनुसार पोथी लामखुट्टेको पखेटा सुस्त गतिमा चल्ने भएकोले आवाज पनि सानो आउने गर्दछ । जसबाट प्रजननको समयमा भाले लामखुट्टेलाई पोथी लामखुट्टे खोज्न सजिलो हुने गर्दछ ।

बीबीसीका अनुसार अनुसन्धानकर्ताहरुले लामखुट्टेले निकाल्ने आवाजको प्रेमपूर्ण भाषा बुझेर मानिसहरुलाई हुने खतरा उन्मूलन गर्न सकिनेमा विश्वास गर्दै थप अनुसन्धान गर्दैछन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा