आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

हवाई कारबाहीमा ३० तालिबान लडाकू मारिए

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।
फायल फाेटाे : एजेन्सी

 

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् । 

ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।

सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताएका थिए । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन ।

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।

तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई  तालिबानले कब्जा गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा