मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

वाइसिएल र युवा संघबीचको एकता अन्तिम चरणमा

एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ । 

 

काठमाडौं । तत्कालीन वाइसिएल नेपाल र युवा संघ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ ।

एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ । 

संघको बुधबार बसेको बैठकले साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । बैठकले चार जना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ । 

यस्तै, केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा संघ नेपालबाट ५७ सदस्य चयन गर्ने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा सङ्घ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य गर्ने निर्णय गरेको छ । 

बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुंगो लगाएको छ । संघको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा संघले संगठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुंग्याइएको छ । 

त्यस्तै, ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक जिम्मेवारी लिनेछ । शुक्रबार पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा