आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

फेसबुकको ‘क्रिप्टोकरेन्सी–लिब्रा’माथि प्रतिबन्ध लगाउने फ्रान्सको चेतावनी

यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।
सांकेतिक फायल फोटो : एजेन्सी

 

पेरिस । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । 

यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।

“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भने ।

उनी ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा बोल्दै थिए ।

याे पनि पढ्नुस्

गेराल्ड कोटेन अरबौँ रूपैया बराबरको क्रिप्टोकरेन्सी लिएर 'स्वर्ग' गए !

‘क्रिप्टोकरेन्सी’ मुद्रा होइन, विश्वास नै लाग्दैनः राष्ट्रपति ट्रम्प

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा