आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

राष्ट्रियसभाद्वारा दुई विधेयक पारित

आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

 

काठमाडौं । राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा