मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

सोलुखुम्बुबाट उडेका ७ हेलिकोप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण [६ तस्वीर]

यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौं अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ३ धोडखोलाको दिलमा मंगलबार बिहान करीब ८ बजे आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकोप्टर । तस्वीर : रत्न श्रेष्ठ

 

काभ्रे । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी, होक्से र सिन्धुलीमा आज बिहान सात हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से, वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । त्यस्तै, ३ हेलिकोप्टर सिन्धुलीमा आकस्मिक अतवरण गरिएका हुन् ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ३ धोडखोलाको दिलमा मंगलबार बिहान करीब ८ बजे आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकोप्टर ।  तस्वीर : रत्न श्रेष्ठ

प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन् ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–३ धोङ्खोलाको दिलमा मङ्गलबार आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकप्टर हेर्दै सर्वसाधारण । तस्वीर : रत्न श्रेष्ठ

उनका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौं अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो । अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ । 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–३ धोङ्खोलाको दिलमा मङ्गलबार आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकप्टर हेर्दै सर्वसाधारण । तस्वीर : रत्न श्रेष्ठ

जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताए । हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ । अहिले पनि पानी परिरहेको र कुहिराले ढोकिएको अवस्थामा रहेको खतिवडाले बताए ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–३ धोङ्खोलाको दिलमा मङ्गलबार आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकप्टर हेर्दै सर्वसाधारण । तस्वीर : रत्न श्रेष्ठ

हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ । राससको सहयोगमा

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–३ धोङ्खोलाको दिलमा मङ्गलबार आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकप्टर हेर्दै सर्वसाधारण । तस्वीर : रत्न श्रेष्ठ
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा