सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

काठमाडौंको मनमैंजुमा बसभित्रै बालिका 'बलात्कृत', सहचालक पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार शुभकामना चोकमा टोखाकी ११ वर्षीया बालिका घाइते अवस्था फेला परेको थिइन् ।
प्रतिनिधिमुलक फायल फाेटाे : वेब

 

काठमाडौं । काठमाडौंको मनमैंजुस्थित शुभकामना चोकमा बसभित्रै एक बालिकालाई बलत्कार र अर्की बालिकामाथि अनैतिक क्रियाकलाप गरेको अभियोगमा बसका सहचालक पक्राउ परेका छन् ।

काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा एल्जित राईलाई सोमबार (हिजो) बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भोजपुर हचुवागढी गाउँपालिका–३ स्थायी घर भएका ३६ वर्षीय एल्जित राई बा.४ ख ८२ नम्बरको बसका सहचालक हुन् । उनी मनमैंजुस्थित शुभकामना चोक बस्दै आएका थिए ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार शुभकामना चोकमा टोखाकी ११ वर्षीया बालिका घाइते अवस्था फेला परेको थिइन् । टोखाकी ११ वर्षीया बालिकाले आफ्नो साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको बताएपछि प्रहरीले बसका सहचालक राईलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । 

अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र बलात्कार गरेको र उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएका प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा