मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

च्याम्पियन्स लिग: लिभरपुललाई नापोलीले हरायो, बार्सिलोना बराबरीमा रोकियो 

१६ वर्षीय अन्सुमन फातीले च्याम्पियन्स लिग इतिहासमा  बार्सिलोनाको लागि  सबैभन्दा भन्दा कम उमेरमा डेब्यु गरे। 
फोटो : नापोली फुटबल क्लब

 

काठमाडौँ। च्याम्पियन्स लिगको २०१९/२० को  समुह चरणका खेलहरु आजबाट सुरु भएको छ। आजको खेलमा साविकको विजेता लिभरपुलले आफ्नो लिग यात्रा हारबाट सुरु गर्दा बार्सिलोना बोरुसिया डर्टमोन्डसँग बराबरीमा रोकियो। 

लिभरपुल नापोलीको घरेलु मैदानमा २-०  पराजित भएको हो। पहिलो हाफ दुवैले बिना गोलको बराबरी खेलेका थिए।  तर दोस्रो हाफको ८२ मिनेटमा नापोलीका ड्राईज मर्टेंजले पेनाल्टी मार्फत गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाए।  अर्को गोल भने नापोलीको लागि खेलको इन्जुरी समयको ९२ औं मिनेटमा फेर्नान्डो लोरेन्टोले गरे र टिमको जित निश्चित गरे। 

 

फोटो : गोल डटकम 

 

त्यस्तै 'ग्रुप अफ डेथ' को संज्ञा दिइएको समुह 'एफ' को खेलमा जर्मन क्लब बोरुसिया डर्टमोन्डसँग स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले गोलरहित बराबरी खेलेको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सिजनको पहिलो खेल खेलेको खेलमा १६ वर्षीय अन्सुमन फातीले च्याम्पियन्स लिग इतिहासमा  बार्सिलोनाको लागि  सबैभन्दा भन्दा कम उमेरमा डेब्यु गरे। 

 

फोटो : गोल डटकम 

 

जर्मन क्लब बोरुसिया डर्टमोन्डको घरेलु मैदानमा भएको खेलमा उसले बार्सिलोनालाई अधिकांश समय दबाबमा राखेको थियो। खेलको ५५ औं मिनेटमा डर्टमोन्डले पेनाल्टी पाए पनि त्यसलाई मार्को रियुसले गोलमा परिणत गर्न सकेनन्। बर्सिलोनाको लागि गोलकिपर मार्क स्टेगर हिरो साबित भए उनले डर्टमोन्डको खतरनाक आक्रमणहरु विफल बनाइदिए। 

 

फोटो: च्याम्पियन्स लिग 

 

समुह 'एफ' कै अर्को खेलमा इन्टर मिलानले एसके  प्रागसंग एक-एकको बराबरी खेल्यो भने समुह 'एच' को खेलमा स्पेनिस क्लब भ्यालेन्सियाले इङ्ग्लिश क्लब चेल्सीलाई १-० ले हरायो। त्यस्तै समुहको अर्को टिम आयक्सले पनि लिलेलाई समान १-० ले हरायो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा