सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

च्याम्पियन्स लिग: रियाल म्याड्रिडले लज्जास्पद हार व्यहोर्दा बायर्न र सिटीको शानदार जित

इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ  ।
फोटो : च्याम्पियन्स लिग

 

काठमाडौँ। स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको समुह चरण अन्तर्गतको खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० को लज्जास्पद हार व्यहोरेको छ ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा रियाललाई पीडादायक हार चखाउन रियालकै पुर्व खेलाडी अर्जेन्टिनी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे । रियालका ग्यारेथ बेलले गरेको एउटा गोल भने भिएआरले गोलको मान्यता दिएन ।

फोटो : एपी 

पार्क डि प्रिन्सेसमा  भएको खेलको १४औं मिनेटमा डि मारियाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यस्तै ३३औं मिनेटमा मारियाले व्यक्तिगत त टिमको लागि दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा नै  २–० को अग्रता दिलाए। 

पहिलो हाफमा २ गोल गरेको पीएसजीले तेस्रो गोल खेलको ५९औं मिनेटमा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस म्युनियरले गोल गर्दै रियाललाई ३–० को नमिठो हार चखाए ।

पीएसजी आफ्ना मुख्य खेलाडी प्रतिवन्धका कारण नेयमार र घाइते एमबाप्पेविना नै  मैदान उत्रिएको थियो ।

फोटो: च्याम्पियन्स लिग 

च्याम्पियन्स लिगकै समुह 'बी'को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ । यही समूहको अर्काे खेलमा गत बर्षको उपविजेता इंग्लिस क्लब टोटेनहमले शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा ग्रीसको ओलम्पियाकोससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

त्यस्तै समुह 'डी' को खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ  ।

फोटो: च्याम्पियन्स लिग

समुह 'सी' अन्तर्गतको खेलमा भने प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० पराजित गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा