सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

फिफा वरियतामा नेपालको पाँच स्थान सुधार 

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१ औँ  स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६ औँ स्थानमा रहेको थियो ।
फायल फाेटाे : एजेन्सी

 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१ औँ  स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६ औँ स्थानमा रहेको थियो ।

दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४ औँ स्थानमा छ भने माल्दिभ्स १५३ औँ स्थानमा छ ।

त्यसैगरी, नेपालभन्दा तल रहेको भूटान १८५ औँ स्थानमा रहँदा बङ्गलादेश १८७ औँ स्थानमा छ । श्रीलङ्का २०२ औँ स्थानमा छ भने पाकिस्तान २०३ औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

त्यसैगरी, इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जे्न्टिना दशौँ स्थानमा रहेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा