सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

लेष्टर सिटीसँग टोटेनहम  २-१ ले पराजित 

पहिलो हाफ १-० ले पछि परेको लेष्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो ।
फोटो: गोल डटकम

 

काठमाडौँ । इङ्लिश प्रिमियर लिग अन्तर्गतको आजको खेलमा लेष्टर सिटीसँग टोटेनहम  २-१ ले पराजित भएको हो ।

लेष्टरको घरेलु मैदान किङ्ग पावर स्टेडियममा भएको खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले हार व्यहोरेको हो । खेलको २९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० ले पछि परेको लेष्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । उसको लागि खेलको ६९ औं मिनेटमा रिकार्डो पेरिराले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए । अर्को गोल भने खेलको ८५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गरे ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा