मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

बार्सिलोनाको इतिहासमा नै यो सिजनको सुरुवात सबैभन्दा खराब !

बार्सिलोनाले आफ्नो पछिल्लो २५ बर्षको नँया सिजनहरु मध्येमा सबैभन्दा खराब ढंगले सिजनको सुरुवात गरेको यो नै पहिलो हो । 
बार्सिलोनाका कप्तान लियोनेल मेस्सी। फोटो : गोल डटकम

 

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलको साबिक विजेता बार्सिलोनाको नँया सिजन पाँचौँ चरण चलिरहँदासम्म आशा गरे अनुसार हुन सकेको छैन। ठुलो रकम खर्च गरेर एथलेटिको म्याड्रिडबाट ग्रिजम्यान र आयाक्सबाट डी जोङ्गलाई भित्र्याए पनि ५ खेलमा ८ अङ्क गुमाइसकेको छ। 

बार्सिलोनाले आफ्नो पछिल्लो २५ बर्षको नँया सिजनहरु मध्येमा सबैभन्दा खराब ढंगले सिजनको सुरुवात गरेको यो नै पहिलो हो ।  पाँच खेलमा २ हार व्यहोरेको बार्सिलोनाले २ मा जित र एक बराबरी खेलेको छ। यो नतिजाले बर्सिलोनाको यो सिजन सुखद होला त भन्ने प्रश्न खडा हुन् थालेको छ।

 

बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डे।  फोटो : गोल डटकम 

 

हिजो (शनिबार) राति भएको खेलमा ग्रानडासँग बार्सिलोना २–० गोल अन्तरको स्तब्धपुर्ण हारको नतिजा व्यहोर्नु परेको छ । इर्नेस्टो भाल्भर्डेले अनेक प्रयोगहरु गरे पनि सबै असफल भइरहेका छन्। हिजोको खेलमा पनि आफ्नो सबै उपलब्ध विकल्पहरु प्रयोग गरे पनि उनले आफ्नो टिमलाई सिजनको दोस्रो हारबाट जोगाउन सकेनन्। 

 

फोटो : एपी 

 

बार्सिलोनाले मेस्सी, स्वारेज र ग्रिजम्यानलाई ग्रानडा विरुद्व उतारे पनि सुखद नतिजा निकाल्न सकेन। ग्रानडाको  घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै रोमन अजिजको हेड गोलबाट उसले अग्रता दिलाएका थिए । त्यस्तै ६६ औं मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

 

फोटो: एपी 

 

नवप्रवेशी क्लब ग्रानडा बार्सिलोनालाई हराउँदै स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ। ग्रानडाले ५ खेलबाट १० अंक बटुलेर तालिकाको शिर्ष स्थानमा छ । बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

 

फोटो: एपी 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा