सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

‘फिलोसोफिस्का नेपाल’द्वारा बालबालिकाको निःशुल्क दन्त परीक्षण

कार्यक्रममा दन्त चिकित्सक शंकर श्रेष्ठ, श्रेया कायस्थ, पूजा सुबेदी, सुनिता कुँवर, सृयासा अधिकारी, प्रतिक्षा आचार्यलगायत चिकित्सकहरुले दन्त परीक्षण गरेका थिए ।

 

काठमाडौं । संविधान दिवसको अवसर पारेर फिलोसोफिस्का नेपाल नामक संस्थाले बालबालिकाहरुको निःशुल्क दन्त परिक्षण गरिएको छ ।

उक्त परिक्षण ‘ट्राभल डेन्टस्ट्री नेपाल’ द्वारा गरिएको निःशुल्क दन्त परिक्षणमा ६० बालबालिकाको दन्त परीक्षण गराएका छन् ।

निम्नबर्गीय बालबालिकाको बीचमा मुख स्वस्थसम्बन्धि जनचेतना जगाउने प्रयास पनि गर्दै आएको संस्थाले बालबालिकालाई मन्जन, टुथ–ब्रस समेत वितरण समेत गरेको छ । संस्थाका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्न पाउँदा निकै गौरवान्तित महसुस भएको सुनाए । उनले समाजका विभिन्न तह र तप्काको सहयोगले संस्था चलेको र आगामी दिनमा पनि सहयोग पाइरहने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा दन्त चिकित्सक डा.सुबाश घिमिरेले नेपाली समाजमा दाँतको बिषयलाई लिएर जनचेतना फैलिदै गएको बताए । उनले भने, ‘अझैपनि सरकार र सरोकारवाला निकायले ध्यान दिएका छैनन् ।’

कार्यक्रममा दन्त चिकित्सक शंकर श्रेष्ठ, श्रेया कायस्थ, पूजा सुबेदी, सुनिता कुँवर, सृयासा अधिकारी, प्रतिक्षा आचार्यलगायत चिकित्सकहरुले दन्त परीक्षण गरेका थिए ।

संस्थाका संयोजक अशोकराज पाण्डेले संस्थाले स्थापनाकालदेखि असहाय बच्चाहरुलाई सहयोग गर्दै आएको बताए । उनका अनुसार संस्थाले गुणस्तर शिक्षाको लागि जोड दिइरहेको छ । अहिले संस्थामा नर्सरीदेखि कक्षा ४ सम्म ६० जना विद्यार्थी अध्ययन गरिरहेको र आगामी दिनमा उच्च माध्यमिक बिद्यालयसम्म परिणत गर्ने संस्थाको लक्ष्य रहेको संयोजक पाण्डेको भनाई छ ।

संस्थाले जनाएअनुसार आर्थिक अवस्था कमजोर भएका र असहाय बालबालिकाको सुरक्षा, गुणस्तर शिक्षासँगै बसोबास र खानपिनको व्यवस्थासमेत गर्दै आइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा