सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

एएफसी यु–१६ : अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।

 

काठमाडौं । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । 

श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।

नेपाल एएफसी यु–१६ च्याम्पियनको छनोटबाट बाहिरिएको छ ।  श्रीलङ्का पनि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा