सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

यौन दुर्व्यवहारका अभियुक्त ७० वर्षीय वृद्धलाईलाई कैद

जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुर्व्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ ।
सांकेतिक फाइल फोटो / वेब

 

सप्तरी । जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुर्व्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।

अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताए । अदालतको फैसलामा भनिएको छ, “मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।”

रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा