बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

सुरक्षित यात्राको शुभकामना दिँदै ट्राफिकले गरे चालकको सम्मान [फोटोफिचर]

ट्राफिक प्रहरीले देशैभर ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा गर्दै लामो दुरीका चालकलाई सममानसहित विदाई गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा माला लगाएर चालकलाई बिदाई गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : अच्युत रेग्मी

 

काठमाडौं । ट्राफिक प्रहरीले देशैभर ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा गर्दै लामो दुरीका चालकलाई सम्मानसहित स्वागत तथा विदाई गरेको छ ।

दशैं, तिहार तथा छठको अवसरमा जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतद्वारा आईतबार बिहान आयोजित यात्रु तथा सवारी चालकहरुलाई ‘सुरक्षित यात्राको शुभकामना’ कार्यक्रममा माला पहिराएर सुखद् र सफल यात्राको शुभकामना दिँदै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी । तस्बिर : शुरबहादुर सिंह

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दशै तिहारको अवसरमा सुरक्षित रुपमा सवारी साधन चलाउने महाकाली यातायातका दार्चुला महेन्द्रनगर बस चालक ना ४ ख ५३३६ नम्बरका गाडी चालक तेज बहादुर ठगुन्ना र महाकाली जीप चालक २९६ नम्बरका जनकसिह धामीलाई प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले फूलमाला र खादा ओडाएर सम्मान गरेका हुन् । प्रहरीले बेला बेलामा जिल्लामा राम्रो सवारी चालकहरुलाई सम्मान गर्दै आइरहेको छ । तस्बिर : नरेन्द्रसिह कार्की

 

डोटीबाट लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीका चालकहरुलाई फूलमाला लगाएर स्वागत गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल लगायत । तस्वीर : विमलबहादुर विष्ट

 

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा रहेको बस पार्कमा आइतबार आयोजित कार्यक्रममा सुरक्षित यात्राको कामना गर्दै चालकलाई सम्मान गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्य । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

 

जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार दमौलीमा सवारी चालकलाई माला लगाएर सम्मान गर्दै । दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रमअन्तर्गत सवारी चालकलाई सम्मान गरिएको हो । तस्बीर : सानेबहादुर नेपाली

 

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा सवारी चालकलाई माला लगाएर सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक बिनोद सिलवाललगायतका प्रहरी अधिकृत । दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रमअन्तर्गत सवारी चालकलाई सम्मान गरिएको हो । तस्बिरः सानेबहादुर नेपाली

 

नागरिक सहायता कक्षमा स्वागत गरी टीका र माला लगाएर काठमाडौँ जान लागेको बसका चालकलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्त । तस्वीर: हेमन्त केसी
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा