सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

विचित्रको ‘फुकेत शाकाहारी महोत्सव’ [फोटोफिचर]

चरम उत्सवका लागि ताओ धर्मका समुदायमा प्रख्यात यो पर्वमा नौ जना सम्राटलाई भगावनको रुपमा पुजा गरिन्छ ।
फाेटाे : मालाडेन एंटोनोभ/एएफपी

 

काठमाडौं । थाइल्याण्डमा चिनियाँ ताओ धर्मका समुदायले मनाउने ‘फुकेत शाकाहारी महोत्सव’ विश्वासको उपलक्ष्यमा आयोजित वार्षिक चाड हो । जुन सामान्य मानिसलाई भयानक लाग्न सक्छ ।

फाेटाे : मालाडेन एंटोनोभ/एएफपी

चिनियाँ पात्रोको नवौं चन्द्रमासमा मासुलगायत विभिन्न उत्तेजक तत्वहरूबाट अलग रहन, राम्रो स्वास्थ्य र मनोशान्ति प्राप्त गर्न यो पर्व मनाइने गरिन्छ । यो वर्षको ‘फुकेत शाकाहारी महोत्सव’ गत शनिबारदेखि थाइल्याण्डमा मनाइंदै छ । निरन्तर १० दिनसम्म चल्ने यो पर्व आगामी सोमबार समापन गरिने छ ।

मालाडेन एंटोनोभ/एएफपी

चरम उत्सवका लागि ताओ धर्मका समुदायमा प्रख्यात यो पर्वमा नौ जना सम्राटलाई भगावनको रुपमा पुजा गरिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो भन्ने स्पष्ट नभएपनि यसको कारण भने पौराणिक कथासँग जोडिएको छ ।

मालाडेन एंटोनोभ/एएफपी

कथाअनुसार थाइल्याण्डमा अवस्थित फुकेत टापुलाई प्रख्यात चिनियाँ ओपेरा समूहले किनेका थिए । उक्त टापुमा ओपेरा प्रदर्शन गर्दा उनीहरु मलेरिया रोगले थला परे । त्यसपछि उनीहरुले मन र शरीर शुद्धिकरणको लागि कडा शाकाहारी भोजन गर्ने नियम बनाएर नौ जना सम्राट भगवानको प्राथना गरे । त्यसपछि उनीहरु स्वस्थ भए । 

मालाडेन एंटोनोभ/एएफपी

 अहिले पनि ताओ धर्मका समुदायले घातक रोग मलेरियाबाट बच्न मासुलगायत विभिन्न उत्तेजक तत्वहरूबाट अलग रहेर राम्रो स्वास्थ्य र मनोशान्ति प्राप्त गर्न कडा शाकाहारी नियम मान्दै नौ जना सम्राट भगवानको प्राथना गर्ने परम्परालाई निरन्तरता दिएका छन् । 

मालाडेन एंटोनोभ/एएफपी

 उनीहरु शरीरको शुद्धिकरण गर्न शाकाहारी भोजन गरेर १० दिनसम्म शरीरलाई कडा नियमहरुको अनुशरण गर्ने गर्दछन् । शरीरको विभिन्न भाग छेडेर उनीहरु मन र शरीरको शुद्धिकरण गर्दछन् ।

यो पर्व मनाउन हरेक वर्ष चीन र अन्य एसियाली राष्ट्रहरूबाट ताओ धर्मका मानिसहरु थाइल्याण्डको फुकेत टापु पुग्ने गर्दछन् ।

मालाडेन एंटोनोभ/एएफप
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा