सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

किराँत राई सोसाइटी पोर्चुगलबाट क्यान्सरपीडितलाई  सहयोग

करिब  रु पैँसठ्ठी हजार  भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे । 
सङ्केतिक फायल फोटो । वेव

 

लिस्बन। किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको  उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन् ।

सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने  उद्देश्यले झन्डै ५२६ युरो करिब  रु पैँसठ्ठी हजार  भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे । 
 
पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र  उपचारका लागि निकै कठिनाइ भएको जानकारी  आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले  बताए । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा