सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

वरिष्ठ पत्रकार तथा प्राध्यापक राजेन्द्र देव आर्चायको निधन

नेपाल टेलिभिजनमा २१ वर्ष समाचार प्रमुखका रुपमा काम गरेका थिए। 
स्व. वरिष्ठ पत्रकार तथा प्राध्यापक राजेन्द्र देव आर्चाय। फायल फोटो: वेव


 

काठमाडौँ। वरिष्ठ पत्रकार तथा प्राध्यापक राजेन्द्र देव आर्चायको  हिजो (शनिबार) राति थापाथलीस्थित नर्भिक अस्पतालमा ६१ वर्षकाे उमेरमा निधन भएको छ । 

आर्चायले केही दिनअघि मात्रै वीर अस्पतालमा  कलेजाेको उपचार गराएर घर फर्किएका थिए। तर उनलाई पुन: रोगले च्यापेपछि हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका पुर्व नायब महाप्रवन्धक एवम् समाचार प्रमुख आर्चाय पछिल्लो समय न्युज- २४ टेलिभिजनमा समाचार प्रमुखका रूपमा कार्यरत थिए । तनहुँ जिल्लामा जन्मेका आर्चाय नेपाल टेलिभिजनमा स्थापना-कालदेखि नै कार्यरत थिए।

वि.स. २०४४ साल वैशाख  १ गतेबाट नेपाल टेलिभिजनमा सेवा शुरु गरेका आचार्य नायब महाप्रवन्धक पदबाट अवकाश लिएका थिए । उनले नेपाल टेलिभिजनमा २१ वर्ष समाचार प्रमुखका रुपमा काम गरेका थिए। 

उनी लामो समयदेखि रत्न राज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसंचारका प्राध्यापक रुपमा क्रियाशील थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा