सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

पारिश्रमिकबाट घाइतेलाई उपचार खर्च

सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।

 

दैलेख । सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।

 सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष  थापाले बताएका छन्  । 

यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण तलब गाउँमा रहेका गरीब, दलित, अपाङ्गता भएका र द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेका उनले पाँच महिनाको तलब द्वन्द्वपीडित र असहाय बालबालिकाको पढाइमा सहयोग गरेका थिए  । 

यसैबीच  भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्यावस्थाको जानकारी लिन गाउँपालिकाभरिका ५५  महिला स्वास्थ्य स्वयंसेविकालाई  जनही रु १० हजारका दरले दशैँ खर्च उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताएका छन्  । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा