मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

महाअष्टमीका दिन देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको भीड

नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।
नवरात्रको अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा पूजा एवं दर्शन गर्न जम्मा भएका भक्तजन । दुर्गा पक्षमा शक्तिपीठमा दर्शन गरे मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस

 

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । 

शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा दुर्गादेवीको पूजाआराधना भइरहेको विभिन्न जिल्लाबाट रासस समाचारदाताहरुले जनाएका छन् । 

सङ्घीय राजधानी काठमाडौंस्थित गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इद्रायणी, नरदेवी, वज्रवाराही, रक्तकाली, सङ्कटा, बगलामुखीलगायत शक्तिपीठहरूमा बलि चढाउने र पूजा–आराधना गर्नेहरूको घुँइचो लागेको छ । 

काठमाडौं उपत्यका नजिकै अवस्थित दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको गोरखकाली र मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, वीरगञ्जको गहवामाई, वाराको गढीमाई, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, बाग्लुङको कालीका भगवती, धरानको दन्तकाली, डडेलधुराको उग्रतारा, भोजपुरको सिद्धकाली, बाँकेको वागेश्वरी, ताप्लेजुङको पाथिभरा मन्दिरमा पनि दर्शनार्थीको घुँइचो लागेको छ । समाचारदाताहरूका अनुसार ती शक्तिपीठमा चण्डी पाठसहित देवीको उपसना भइरहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा