बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

मेस्सी बिनाको अर्जेन्टिनाले जर्मनीसँग २-२ को बराबरी खेल्यो

पहिलो हाफमा २-० ले पछाडि परेपनि अर्जेन्टिनाले उत्कृष्ठ पुनरागमन गर्दै खेल बराबरी
फोटो : एएफपी


काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र अर्जेन्टिनाले २-२ को बराबरी खेलेका छन् ।  बुधबार राति डर्टमण्डमा भएको खेलको पहिलो हाफमा २-० ले पछाडि परेपनि मेस्सी बिनाको अर्जेन्टिनाले उत्कृष्ठ पुनरागमन गर्दै खेल बराबरी गरेको थियो ।

फोटो : एएफपी 

जर्मनीले सर्ज नाब्रीले १५ औं  मिनेटको गोलमा अग्रता दिलाएका थिए ।  अर्को गोल त्यसको ६ मिनेटमा नै जर्मनीका लागि काई हाभर्ट्ज गोल गर्दै अग्रता दोब्बर बनाए ‌।

फोटो : एएफपी 

पहिलो हाफमा फितलो प्रदर्शन गरेको अर्जेन्टिनाले दोस्रो हाफमा वैकल्पिक खेलाडीको मद्दतले दुई गोलगर्दै उत्कृष्ठ पुनरागमन गर्न सफल भयो । उसको लागि ६६ औं मिनेटमा मार्कस अकुनाको क्रसमा लुकास अलरियोले हेडरमार्फत गोल गरे । त्यस्तै अर्को गोल खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास ओकाम्पसले अलारियोको पासमा गोल गरे।

फोटो : एएफपी 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा