मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

नेपालको ब्याटिंग नचल्दा ओमानसंग ६ विकेटले पराजित

नेपालको ब्याटिंग लाइन ध्वस्त पार्ने क्रममा ओमानका आमिर कलिम एक्लैले ५ विकेट लिए।
नेपाली टिम कप्तान पारस खड्का र ओमन टिम कप्तान। फायल फोटो । रमण सिवाकोटी

 

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित 'पेन्टागुलर' टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल ओमनसंग ६ विकेटले पराजित भएको छ।

टस जितेर ओमानले पहिले बलिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिंगको लागि निम्तो दिएको थियो । पहिले ब्याटिंग गरेको नेपालले ११ ओभरमा 'अलआउट' हुँदै ओमनलाई ६५ रनको झिनो लक्ष्य दिएको थियो ।  आज पनि नेपालको ब्याटिंग कमजोरी मज्जाले देखियो। नेपालको लागि आरिफ शेखले २० रन र दिपेन्द्र सिंह ऐरीले ११ रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

ओमानले ६५ रनको लक्ष्य ११.४ ओभरमा ४ विकेट गुमाएर भेट्यायो। उसको लागि सुरज कुमारले ३० बलमा ३ छक्का र २ चौकाको मद्दतमा अविजित रहँदै ४२ रन जोडे। नेपालको लागि करण केसीले २ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले समान एक-एक विकेट लिए।  

नेपालको ब्याटिंग लाइन ध्वस्त पार्ने क्रममा ओमानका आमिर कलिम एक्लैले ५ विकेट लिए । त्यस्तै विलाल खानले नेपालको २ विकेट झार्दा फायज बट र  खवर अलिको नाममा एक-एक विकेट रह्यो भने दिपेन्द्र सिंह ऐरी रन आउट भए ।  

ओमानले यसअघि खेलका सबै ३ खेलमा जित हासिल गरेको थियो । नेपालले भने तीन मध्ये २ मा जित र एकमा हार व्यहोरेको थियो । नेपालले नेदरल्यान्ड्सहङकङ दुवैलाई समान चार-चार विकेटले हराएको थियो भने आयरल्याण्डसँग हिजो १३ रनले पराजित भएको थियो ।  

अंक तालिकामा ८ अंकसहित ओमान शीर्षस्थानमा रहँदै सिरिज समेत अपराजित हुँदै जितेको छ। ६ अंक सहित आयरल्यान्ड दोस्रो रहन सफल भयो भने ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा सिमित भयो। नेदरल्यान्ड्सले आज हङकङलाई हराउँदै २ अंक जोड्दै अन्तिमबाट दोस्रो र हङकङ भने अंक विहिन हुँदै पुच्छरमा रह्यो। । 

यो सिरिज नेपालका लागि अनुभब लिने र सिक्ने राम्रो अवसर बन्यो भने अन्य टोलीहरु भने टि-ट्वान्टी विश्व कप छनोटको तयारीको रुपमा प्रतियोगितामा सहभागिता जनाएका थिए।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा