सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

फुटबल विश्वकप छनोट: अष्ट्रेलियासंग नेपाल ५-० ले पराजित

फिफा वरियतामा अष्ट्रेलिया ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ।
नेपाली राष्ट्रिय फुटबल टोली। फोटो : एन्फा

 

काठमाडौँ। सन् २०२२ मा कतारले आयोजना गर्ने फुटबल विश्वकपको दोस्रो चरणको एसिया छनोट अन्तर्गतको आज भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली बलियो अष्ट्रेलियासंग ५-० गोल अन्तरले पराजित भएको हो ।

अष्ट्रेलियाका जेमी म्याक्लरेनले ह्याट्रिक गरे भने ह्यारी साउटरले दुई गोल गरे। म्याक्लरेनलर खेलको छैटौँ, १९ औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यस्तै साउटरले खेलको २४ औं र ५९ औं मिनेटमा गोल गरेका थिए। 

फोटो : एन्फा 

सुरु देखि नै निक्कै दबाबमा खेलेको नेपालले खेलको छैटौं मिनेटमा गोल खाएपछि दबाब झन् बढ्यो। पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा केहि सुधारिएको खेल खेले पनि थप दुई गोल खांदै खेल ५-० ले हार्यो। 

आजको खेलका लागि नेपालको पहिलो रोजाई घोषणा हुँदा विमल घर्तिमगर विमल र विक्रम लामा परेनन् तर उनलाई  हाफमा मैदान प्रवेश गराइएको थियो। विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका थिए। मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका थिए । 

फिफा वरियतामा अष्ट्रेलिया ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। अष्ट्रेलियाका अधिकांश खेलाडीहरु युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त छन्। 

फोटो : एन्फा 

छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो । नेपालले विश्वकप छनोटका 'अवे' खेलमा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले कुवेतसंग ७-० ले पराजित हुँदा चाईनिज ताईपेलाई २-० ले  पराजित गरेको थियो ।

अष्ट्रेलिया विरुद्व खेले लगत्तै नेपाली टिम जोर्डन प्रस्थान गर्नेछ । त्यहाँ नेपालले जोर्डनसंग पहिलो लेगको खेल खेल्नेछ ।

नेपाली टोलीः
गोलकिपर –किरण चेम्जोङ (कप्तान)
फिडेन्स – रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड – रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट
फरवार्ड – अभिषेक रिजाल

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा