मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

दक्षिणी अफगानिस्तानमा बम बिस्फोट एक प्रहरीको मृत्यु, चार जना घाइते

देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु  हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ ।
प्रतिनिधिमुलक फोटो / वेब

 

हेलमाण्ड । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु  हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ ।

हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कारनजिकै बम विस्फोट भएको थियो ।  यस विस्फोटमा एक जना प्रहरीको मृत्यु हुनको साथै दुई प्रहरी घाइते भएका हेलमाण्ड प्रान्तको गभर्नरका प्रवक्ताले पुष्टि गरेका थिए । यस आक्रमणमा अन्य दुई सर्वसाधारण घाइते भएका छन् ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा