सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाखको क्षति

आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
फाइल फोटो / वेब

 

कावासोती । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताएका छन् । 

गए राति ११ बजेको समयमा आगलागी हुँदा फर्निचरमा रहेका सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताए । आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा