मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

पारस खड्काले दिए राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा

निक्कै सफल र योग्य कप्तानको रुपमा चर्चा कमाएका खड्का सन् २००४ मा सिनियर टिमबाट डेब्यू गर्दै सन् २००९ देखि राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।
नेपालि क्रिकेटर पारस खड्का। फोटो : पारस खड्का ट्वीटर

 

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी पदबाट राजीनामा दिएका छन् ।

खड्काले नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनबाट फुकुवा भएको भोलिपल्टै कप्तानी पदबाट राजीनामा दिएकाे बताएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत राष्ट्रिय क्रिकेट टिमको कप्तानी पदबाट राजीनामा दिएकाे बताएका छन् ।

राजीनामा घोषणा गरेका पारसले ट्वीटरमा लेखेका छन्, ''नेपाल क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । यो कामना गर्छु, नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । अब नँया सुरुवात नँया भिजन सहित सबैको सहभागितामा होस्।"

उनले आईसीसीले गरेको निलम्बन फुकुवाको स्वागत गर्दै अगाडी लेखेका छन्, "मलाई यो अविस्मरनिय यात्रामा साथ दिनुहुने सबै खेलाडीहरु, प्रशिक्षकहरु, अम्पाएरहरु, ग्राउण्ड कर्मचारीहरु र साथीहरु धन्यवाद ! जय नेपाल !" 

निक्कै सफल र योग्य कप्तानको रुपमा चर्चा कमाएका खड्का सन् २००४ मा सिनियर टिमबाट डेब्यू गर्दै सन् २००९ देखि राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता समेत पाएकाे थियाे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा