बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

पत्रकार बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न महासंघको अपिल

पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत छन् । 
पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत छन् । 

 

काठमाडौं । नेपाल पत्रकार महासंघले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत छन् । 

बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको महासंघले जनाएको छ । 

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गरी उनको उपचारमा सहयोगी हातको खाँचो रहेको उल्लेख गरेका छन् । अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकलाई उनका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन महासंघ केन्द्रीय समितिले सबैमा अपिल गरेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा