मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
निवर्तमान सभामुुख कृष्णबहादुर महरा मंगलबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत बबरमहलमाबाट तीन दिन हिरासतमा राख्न अनुमतिपछि बाहिरिदै । तस्वीर : रोशन सापकोटा

 

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा