मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

वुमन्स च्याम्पियन्स लिग: चितवन राईनोजको विजयी सुरुआत

काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

 

काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा आजदेखि सुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएलर) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौंलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिँदा प्यारी चौधरीले अविजित २४ रन जोडिन् ।

त्यस्तै, रीतु कनोजियाले १४ तथा काजोल श्रेष्ठले ११ रन जोडिन् । बलिङतर्फ काठमाडौंकी ईश्वरी बिष्टले दुई विकेट हात पार्दा संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान एक/एक विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९२ रनमा समेटिएको थियो । काठमाडौंका लागि रश्मी चौलागाइँले सर्वाधिक ३४ रन जोडिन् भने सरस्वती चौधरीले १५ तथा कप्तान रुबिना क्षेत्री एक रनमा बाहिरिन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन् भने रेखा रावल र कविता गौतमले समान दुई/दुई विकेट लिएका थिए ।

आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्ट्स छन् ।

प्रतियोगिताका विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा