मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

‘विप्लव’का दाजुसहित पक्राउ परेका २१ नेताको नाम सार्वजनिक

केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ
‘विप्लव’का दाजु मध्यपश्चिम कमाण्ड इन्चार्ज  चन्द्रबहादुर चन्द (बीरजंग) । फायल फोटो । वेव

 

तुलसीपुर। अपडेट : दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘विप्लव’का दाजु मध्यपश्चिम कमाण्ड इन्चार्ज  चन्द्रबहादुर चन्द (बीरजंग) समेत रहेकाे खुलेकाे छ ।

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग), केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन्र ।

मुग्रेटाखोलास्थित जङ्गलमा विप्लव समूहको बैठक भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

काे काे पक्राउ परे ?
१) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) - जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी - एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) - एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन - पूर्व जनमुक्ति सेना
१२) सुरज विक - दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका - पार्टी सदस्य
१४) पोष्टमान घर्ती - रोल्पा जिल्ला
१५) दल बहादुर घर्ती
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुल बहादुर वली
२१) विष्णु थापा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा