मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

सन्दीप लामिछाने दुई प्रतियोगिताको लागि दुई करोडमा अनुबन्धित !

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता तथा टी–१० लिगका लागि अनुबन्धित भएका छन् ।
फोटो: टि-१० क्रिकेट लिग। ट्विटर


 

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने छुट्टाछुट्टै दुईवटा ठूला प्रतियोगिताको लागि करिब दुई करोड नेपाली रुपैयाँ मुल्यमा अनुबन्धित भएका छन् ।

हिजो राति (बुधबार) सन्दीपलाई इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता तथा युएईमा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिगका लागि अनुबन्धित भएका हुन् ।

उनलाई ‘द हन्ड्रेड’ को ड्राफ्टबाट बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (करिब एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ। यस्तै सन्दीप टी–१० लिगमा कर्नाटक टस्कर्सका लागि क्याटागोरी ‘ए’ को खेलाडी रुपमा ४५ हजार अमेरिकी डलर (करिब ५१ लाख) अनुबन्धित भएका छन् । 

एक सय बलको हुने 'द हन्ड्रेड' प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत सन्दिप परेका हुन् । यसैगरी टी–१० लिगमा सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि-१० खेलेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा