मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

मेस्सी, ग्रिजम्यान र स्वारेजको गोलमा बार्सिलोना विजयी हुँदै शिर्ष स्थानमा उक्लियो

बार्सिलोनाले नौ चरणको खेल सकिँदासम्म ६ खेलमा जित, २ खेलमा हारमा हार र एक खेल बराबरी खेल्दै १९ अंक जोडेर तालिकाको शिर्ष स्थानमा
लिओनल मेस्सी र एन्टोनियो ग्रिजम्यान गोल गरेपछि . फोटो : ला लिगा

 

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गतको आजको खेलमा साबिक विजेता बार्सिलोनाले इवरलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमै पहिलो पटक अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। 

इवरको घरेलु मैदान इपुरुरा म्युनिसिपल स्टेडियममा भएको खेलमा पहिलो पल्ट बर्सिलोनाको पहिलो रोजाइको तीन फरवार्डहरु लिओनल मेस्सी, एन्टोनियो ग्रिजम्यान र लुइस स्वारेजले गोल गरे। 

लुइस स्वारेज र एन्टोनियो ग्रिजम्यान गोलको खुसी मनाउँदै।  फोटो : ला लिगा 

बर्सिलोनाको लागि पहिलो हाफको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।  खेलको पहिलो हाफ थप गोल नभएपछि १-० मा सकियो।

दोस्रो हाफमा बार्सिलोनाले अझ सुध्रिएको खेल पस्कियो।  खेलको ५८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। तेस्रो गोल भने स्वरेजले खेलको ६६ मिनेटमा खेलको 'म्यान अफ द म्याच' मेस्सीको पासमा गरे। 

आजको जित बर्सिलोनाको लिगमा लगातार चौथों हो।  लिगमा निक्कै खराब सुरुवात गरेको बार्सिलोनाले नौ चरणको खेल सकिँदासम्म ६ खेलमा जित, २ खेलमा हारमा हार र एक खेल बराबरी खेल्दै १९ अंक जोडेर तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।  एक खेल कम खेलको रियाल म्याड्रिडको ८ खेलबाट १८ अंक रहेको छ । रियालले आज राति माल्लोर्कासंग १२:४५ बजे खेल्नेछ। 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा