मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

रियाल म्याड्रिडको हार र एट्लेटिको मड्रिडको बराबरीले बार्सिलोनाको जित ! 

यि दुई ला लिगा उपाधि दाबेदार टोलीहरुको नतिजा बार्सिलोनाको अनुकुल आएसँगै मानसिक र रणनीतिक रुपमा पनि उसलाई जित बराबरको खुसी मिलेको छ।  
फोटो: ला लिगा 


 

काठमाडौँ।  स्पेनिस ला लिगामा रियाल म्याड्रिड रियाल मलोर्कासँग १-० हारेको छ। त्यस्तै  एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। 

यि दुई ला लिगा उपाधि दाबेदार टोलीहरुको नतिजा बार्सिलोनाको अनुकुल आएसँगै मानसिक र रणनीतिक रुपमा पनि उसलाई जित बराबरको खुसी मिलेको छ। लिगको सुरुवात निक्कै खराब गरेसँगै निक्कै दब्बाब र आलोचना खेपेको बर्सिलोनाको लागि यो नतिजाले राहत दिएको छ। अब आफु शिर्ष स्थानमा रहिरहन अरु कुनै पनि टिमको नतिजा कुर्नु पर्ने छैन। अबको दिन कसरी जान्छ त्यो उसकै प्रदर्शनमा भर पर्नेछ। 

फोटो: ला लिगा 

स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना नै खेलेको रियाल म्याड्रिडले सिजनको पहिलो हार व्यहोर्ने क्रममा रियाल मलोर्कासँग स्तब्ध बनेको हो । यो नतिजाले बार्सिलोनालाई शिर्ष स्थानमा जमेर बस्न मद्दत गरेको छ।  हिजो मात्र सिजनमै पहिलो पटक अंक तालिकाको शिर्ष स्थानमा उक्लेको बार्सिलोनालाई  रियलको जितले दोस्रो स्थानमा धकेल्थ्यो।  तर रियलको अप्रत्याशित हारसँगै अब भने बार्सिलोना स्पष्ट एक अंकको अग्रता सहित शिर्ष टोली बनेको छ। 

फोटो: ला लिगा 

मलोर्कामा शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियाललाई स्तब्ध बनाउन जुनियर लागोले पहिलो हाफको ७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियाल ७४औं मिनेटमा अल्भेरो ओर्डिजोला दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

फोटो: ला लिगा 

यो हारसँगै रियालले शीर्षस्थानमा पूनरागमन गर्ने मौका गुमाएको छ । रियाल ९ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियाल भन्दा बार्सिलोना समान खेल खेल्दै १ अंकले अघि रहँदै शिर्षस्थानमा छ । 

यता, उपाधि दाबेदार मध्ये एक बलियो टोली एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिकोका डिएगो कोस्टा र भ्यालेन्सियाका ड्यानियल पारेजोले बराबरी गोल फर्काए । 

हिजो बराबरी खेलेको एट्लेटिकोले ९ औं चरणको खेल सकिँदा १६ अंक जोडेर चौथो स्थानमा छ । भ्यालेन्सिया भने १३ अंक जोडेर सातौ स्थानमा छ । 
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा