मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

बुर्किनाफासो आक्रमणमा पाँच सुरक्षाकर्मी मारिए

सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ । 
फायल फाेटाे : जाेय पेन्नी/राेयटर्स

 

बुर्किनाफासो । उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ ।

आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११ जना घाइते भएका छन् ।

सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ । 

सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ । यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन् । 

पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरु भइरहेका छन् । अघिल्लो हप्ता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा