मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

‘द हन्ड्रेड’मा सन्दीप : १ करोड ४३ लाखमा ओभल इन्भन्सिबलसँग अनुबन्धित

'म ओभल इन्भन्सिबलको शतप्रतिशतको अंश हुन पाएकोमा म  गौराम्वित भएको छु । तपाइँको प्रार्थना, प्रेम र समर्थनको लागी सबैलाई धन्यवाद ।’
फोटो : सन्दीप लामिछाने/ट्वीटर

 

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई ओभल इन्भन्सिबलले एक करोड ४३ लाखमा अनुबन्धित गरेको छ ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि आइतबार राति भएको ड्राफ्टमा लामिछानेलाई ओभल इन्भन्सिबलले एक करोड ४३ लाखमा अनुबन्धित गरेको हो ।

ओभल इन्भन्सिबलमा अनुबन्धित भएपछि लामिछानेले ट्वीटरमार्फत आफू गौराम्वित भएको भन्दै नेपाल र नेपालीका लागि अर्को सपना पूरा भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, नेपाल र मेरा असल मानिसहरुका लागि आज अर्को सपना साकार भएको छ । म ओभल इन्भन्सिबलको शतप्रतिशतको अंश हुन पाएकोमा म  गौराम्वित भएको छु । तपाइँको प्रार्थना, प्रेम र समर्थनको लागी सबैलाई धन्यवाद ।’

पहिलोपटक हुन लागेको सय बलको क्रिकेट सन् २०२० मा हुँदैछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १५ खेलाडीहरु अनुबन्ध गर्ने भएपनि ३ जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको छ ।

सन्दीपको टोलीमा विदेशी खेलाडीका रुपमा उनीसँगै सुनिल नाराइन र फाबियान एलेन रहेका छन्। टोलीमा मार्की खेलाडी साम करन रहेका छन् ।

आइतबार भएको ड्राफ्टमा अफगानिस्तानका रासिद खान सबैभन्दा पहिलो विक्रि हुने खेलाडी थिए । उनलाई ट्रेन्ट रोकेट्स टोलीले १ लाख २५ हजार पाउण्डमा अनुबन्ध गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा