मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाललगायत संस्थाका विद्वानको पनि सहभागिता रहने छ ।

 

काठमाडौं । पुराण वाचन गर्ने व्यासहरुलाई शास्त्रीय मर्यादाअनुरुप सङ्गठित गर्ने उद्देश्यले कथावाचकको पहिलो सम्मेलन आयोजना गरिने भएको छ ।

हाल हप्तैपिच्छे देशका विभिन्न स्थानमा श्रीमद्भागवतलगायत पुराण वाचन भइरहेको हुन्छ । घर घरमा व्यक्तिगत रुपमा मात्र सामाजिक रुपमा अस्पताल, विद्यालय, महाविद्यालय, सडक, पुललगायत संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनसमेत पुराण कथावाचन हुने गरेको छ ।

यसरी वाचन गरिने पुराण शास्त्रीय मर्यादा विपरीत भइरहेको भनी सार्वजनिक टिप्पणी हुन थालेपछि हिन्दू जागरण नेपालले व्यास सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष रामकृष्ण उपाध्यायले राससलाई जानकारी दिए । कात्तिक ८ गते पशुपति क्षेत्रमा आयोजना गरिने उक्त सम्मेलनमा ३०० भन्दा बढी कथावाचाक सहभागी हुने उनले बताए ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाललगायत संस्थाका विद्वानको पनि सहभागिता रहने छ । व्यक्ति व्यक्तिले जे मन लाग्यो त्यही गर्दा शास्त्रको वचनअनुरुप काम हुन नसकेपछि एकरुपता ल्याउन सम्मेलन आयोजना गरिएको हो ।

गुरु र शुक्र अस्त भएका बेला एवम पितृ पक्षमा समेत कथावाचन भएको भन्दै कथावाचकको आलोचना हुँदै आएको थियो । शास्त्रले निर्देश गरेअनुरुपका दायित्वमा कथावाचक (व्यास)लाई हिँडाउनु नै सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

मुख्यरुपमा यस क्षेत्रमा आएका विकृति रोक्न सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ । कार्यक्रममा इतिहास पुराण एवम धर्मशास्त्रका विद्वानले कथावाचकलाई मार्ग निर्देश गर्ने बताइएको छ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा